Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

समाचार सुन्नुहोस :  

काठमाडौँ – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यसपटकको चुनाव हारेमा पुन: चुनाव नउठ्ने बताएका छन्। सिन्क्लेयर मिडियासँगको अन्तर्वार्तामा उनलाई २०२८ मा फेरि चुनाव लड्नेबारे सोधिएको थियो, जसमा उनले फेरि नउठ्ने बताएका थिए। उनले आफूले यसपटक जित्ने आशा व्यक्त गरेका छन्। अमेरिकी संविधानअनुसार दुई कार्यकाल राष्ट्रपति बनेपछि फेरि उम्मेदवार बन्न पाइँदैन, त्यसैले यदि ट्रम्प जिते भने उनी अन्तिम पटक राष्ट्रपति बन्नेछन्।

हालैका दिनहरूमा ट्रम्पले चुनाव हार्ने सम्भावनाबारे सार्वजनिक रूपमा बोलेका छन्। यसअघि उनले चुनाव हारेमा यहूदीहरू जिम्मेवार हुने बताएका थिए। यसको चर्को आलोचना भएको थियो। वर्तमान चुनावी सर्वेक्षणहरूमा उपराष्ट्रपति कमला ह्यारिस ट्रम्पभन्दा अगाडि देखिएकी छन्। सीबीएस न्यूजको सर्वेक्षणअनुसार ह्यारिसले ५२% समर्थन पाउने अनुमान छ, भने ट्रम्पको समर्थन ४८% छ। केही निर्णायक राज्यहरूमा ह्यारिसले ट्रम्पलाई २%ले अग्रता लिएकी छन्। यदि कमला ह्यारिस राष्ट्रपति निर्वाचित भइन् भने उनी अमेरिकाको इतिहासमा पहिलो महिला राष्ट्रपति हुनेछिन्।

 

 

तपाईको प्रतिक्रिया