Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन न्युयोर्क पुगेका ओलीलाई प्रवासी नेपाली मञ्चसहित विभिन्न नेपाली संगठनले क्यालिफोर्नियामा महावाणिज्यदूतावास खोल्न माग गरेका थिए। जवाफमा ओलीले यो काम छिट्टै गर्ने आश्वासन दिएका छन्।

क्यालिफोर्नियामा करिब एक लाख नेपाली बसोबास गर्छन् र हाल न्यूयोर्क वा वासिङ्टन डिसीका महावाणिज्यदूतावासबाट सेवा लिनुपर्ने भएकाले नेपाली जनसम्पर्क समिति र नेपाली एशोसियसन अफ नर्देन क्यालिफोर्नियाले क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा कन्सुलर कार्यालय खोल्न आग्रह गरेका छन्।

महावाणिज्यदूतावास स्थापना भएमा राहदानी नवीकरणलगायतका सेवा सहज हुनेछ। जसले नेपाली समुदायका समस्याहरू समाधानमा सहयोग पुर्‍याउनेछ। ओलीले सकारात्मक प्रतिक्रिया दिँदै नेपाल सरकारले यसबारे छिट्टै निर्णय लिने बताए। क्यालिफोर्निया राज्य व्यापार र प्रविधिको हब भएकाले नेपालले यसबाट प्रविधि र व्यापारिक फाइदा लिन सक्ने भनिएको छ।

 

 

तपाईको प्रतिक्रिया