Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जापानको इशिकावा प्रान्तमा भारी वर्षाका कारण आएको बाढीले ६ जनाको ज्यान गएको छ भने अन्य १० जना हराइरहेका छन्। शनिबारदेखि सुरु भएको वर्षाले सोमबार मध्याह्नसम्म कीर्तिमानी वर्षा गराएको छ।

सबैभन्दा बढी प्रभावित क्षेत्रहरू वाजिमा र सुजु शहर रहेका छन्, जहाँ बाढी र पहिरोले व्यापक क्षति पुर्‍याएको छ। स्थानीय सञ्चार माध्यमहरूले ती शहरहरूमा बाढीले जनजीवन अस्तव्यस्त बनाएको खबर दिएका छन्। जापानको मौसम विभागले शनिबार इशिकावा प्रिफेक्चरका लागि ‘जीवन नै जोखिममा पर्नसक्ने’ भन्दै उच्च चेतावनी जारी गरेको थियो।

 

 

तपाईको प्रतिक्रिया