Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फको कोरियन भाषा परीक्षा (ईपीएस टोपिक २०२३ यूबीटी) को स्किल र कम्पिटेन्सी टेस्टको नतिजा सार्वजनिक गरेको छ । यस परीक्षामा ८ हजार १५१ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारीअनुसार, रोजगार अनुमति प्रणाली अन्तर्गत, सीप परीक्षणका नतिजा सार्वजनिक गरिएको हो । सफल परीक्षार्थीहरु अब कोरियामा काम गर्न सक्षम हुनेछन् ।

भदौ १८ देखि २४ गतेसम्म सञ्चालन भएको सीप परीक्षणमा ८९३२ जनाले सहभागिता जनाएका थिए, जसमा ८ हजार १५१ जना परीक्षार्थीले सफलता प्राप्त गरेका छन्। कोरियाको मानव संशाधन विभागले असोज ३ गते नतिजा उपलब्ध गराएपछि, आज असोज ४ गते ईपीएस कोरिया शाखाले नतिजा प्रकाशन गरेको हो ।

अब कोरिया जाने इच्छुक कामदारहरुको रोस्टर तयार पार्नु अघि सबैको स्वास्थ्य परीक्षण (मेडिकल टेस्ट) गरिनेछ ।

हेर्नुहोस् नतिजा :-

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया