Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

काठमाडाैं – अस्ट्रेलियाको सिड्नीमा एक नेपाली युवती मृत भेटिएकी छिन् । आइतबार राति सिड्नीको सेन्ट्रलस्थित एक पार्कमा झापाको मेचीनगर नगरपालिका-४ धाइजनकी २७ वर्षीया दीक्षा सिवाकोटी मृत भेटिएकी हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनको मृत्युबारे स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको छ । विवाहित दीक्षा चार महिनाअघि अस्ट्रेलिया पुगेको बताइएको छ । त्यहाँ पुगेर काम गर्न सुरु गरेकी उनी सेप्टेम्बर ८ मा कामबाट निस्केपछि बेपत्ता भएकी थिइन् ।

खोजी गर्ने क्रममा उनको शव पार्कमा झुन्डिएको अवस्थामा फेला परेको अस्ट्रेलियास्थित सञ्चारमाध्यमले जनाएका छन् । उनका माइती पक्षले दीक्षाको मृत्युलाई आत्महत्याको रूपमा स्वीकार गरेको छैन । उनीहरूले आत्महत्या दुरुत्साहनमा पतीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।

माइती पक्षले अस्ट्रेलियाको पिआर पाएका श्रीमानले उनलाई अस्ट्रेलिया गलत बाटोबाट लगेर गएको बताएका छन् । त्यस्तै उनका श्रीमानले आफ्नो पहिलेको बिहेको बारेमा ढाँटेको समेत पाइएको परिवारले बताएको छ ।

उनको परिवारले यस घटनाको सत्य तथ्य र निष्पक्ष अनुसन्धानका लागि अनुरोध गरेको छ । साथै अन्तिम संस्कारका लागि दीक्षाको शव नेपाल पठाइदिन नेपाली समुदायसँग उनीहरूले आग्रह गरेका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया