Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – एप्पलले नयाँ आइफोन १६ सिरिज लन्च गरेको छ। यस वर्षको लन्च कार्यक्रम अमेरिकाको क्युपर्टिनोमा रहेको एप्पल पार्कको स्टिभ जब्स थिएटरमा सम्पन्न भएको हो, जसलाई ‘इट्स ग्लोटाइम’ नाम दिइएको थियो। कार्यक्रममा एप्पल वाच सिरिज–१०, एप्पल वाच अल्ट्रा २, एयरपड्स–४, एयरपड्स म्याक्स, आइफोन–१६, आइफोन १६ प्लस, आइफोन–१६ प्रो र आइफोन–१६ प्रो म्याक्स प्रस्तुत गरियो।

आइफोन १६ को मूल्य ७९९ डलरदेखि सुरु हुन्छ भने आइफोन १६ प्लसको मूल्य ८९९ डलर छ। आइफोन १६ प्रो ९९९ डलरमा उपलब्ध हुनेछ भने प्रो म्याक्सको मूल्य ११९९ डलर तोकिएको छ। यो पटक, आइफोनमा आर्टिफिसियल इन्टेलिजेन्सका धेरै नयाँ विशेषताहरू थपिएको छ। जसलाई एप्पल इन्टेलिजेन्स नाम दिइएको छ। यद्यपि, यो सुविधा केही देशहरूमा मात्र बिटा संस्करणमा उपलब्ध हुनेछ।

नयाँ आइफोनको स्क्रिन साइजमा पनि विविधता छ: आइफोन १६ मा ६.१ इन्च, आइफोन १६ प्लसमा ६.७ इन्च, आइफोन १६ प्रोमा ६.३ इन्च र प्रो म्याक्समा ६.९ इन्च डिस्प्ले रहेको छ। यो प्रो म्याक्स अहिलेसम्मको सबैभन्दा ठूलो आइफोन हो।

फोनमा नयाँ कन्ट्रोल बटन थपिएको छ। जसलाई प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार कन्फिगर गर्न सक्छन्। साथै, यसमा ए १८ बायोनिक चिपसेट प्रयोग गरिएको छ र दुईवटा रियर क्यामेरा रहेका छन् । जसमा ४८ मेगापिक्सेलको प्राथमिक लेन्स छ। यसले डल्बी भिजनको साथ ४के ६० फ्रेम प्रतिसेकेन्डमा भिडियो रेकर्ड गर्न सक्षम छ।

तपाईको प्रतिक्रिया