Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधि सभामा आकस्मिक समयको अवधि घटाइएको छ। यसअघि तीन मिनेट छुट्याइँदै आएको यो समयलाई सोमबारदेखि एक मिनेट घटाएर अब दुई मिनेटमा सीमित गरिएको छ।

सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै केही सांसदहरूले ढ्याप ढ्याप गर्दै आकस्मिक समय माग गरे। त्यसपछि सभामुख देवराज घिमिरेले अब आकस्मिक समयका लागि दुई मिनेट मात्र प्रदान गरिने घोषणा गरे। साथै, दुई मिनेट पूरा भएपछि स्वचालित रूपमा सांसदहरूको माइक बन्द हुने प्रावधान पनि लागू गरिएको जानकारी गराए।

पहिले तीन मिनेटको आकस्मिक समय दिइन्थ्यो, र सभामुखले आवश्यक भए थप समय पनि दिन सक्ने अधिकार राख्थे। तर, यसरी समय व्यवस्थापन गर्न कठिनाइ भएको भन्दै सभामुख घिमिरेले समय घटाएर स्वचालित माइक बन्दको नियम लागू गरेका हुन्।

प्रतिनिधि सभा नियमावलीको नियम १५ अन्तर्गत शून्य र विशेष समयको व्यवस्था छ, जसमा आकस्मिक समयसम्बन्धी प्रावधान समावेश गरिएको छ। नियमअनुसार, अघिल्लो बैठक र आगामी बैठकबीच कुनै गम्भीर घटना वा विषयमा सरकारको ध्यानाकर्षण गराउन सांसदले ढ्याप ढ्याप गरी समय माग गर्न सक्नेछन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया