Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – बंगलादेशका प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाका बुवाको शालिक तोडफोड गरेका छन् ।

एक प्रदर्शनकारीले बीबीसीलाई प्रधानमन्त्रीको सरकारी निवास गणभवनमा रहेको शेख मुजिबुर रहमानको मूर्तिलाई भत्काइरहेको बताए।उनी शेख हसिनाका पिता र स्वतन्त्रता आन्दोलनका नेता थिए । ‘यी दृश्यहरूले सद्दाम हुसैनको मूर्तिलाई २००३ मा इराकमा हटाएको सम्झना दिलाउँछ’, फारुकले भने, ‘मानिसहरूले मूर्तिमाथि आक्रमण गरिरहेका छन्’ ।

उक्त क्षेत्रमा छाडिएका केही मन्त्रीहरूको व्यक्तिगत गाडीलाई भीडले क्षति पुर्याएको छ भने अन्य व्यक्तिहरू बख्तरबन्द सवारीसाधनमाथि चढिरहेका छन् । हसिनाको बिदाइले सडकमा रहेका सेनालाई राहत मिलेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया