Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले भारतविरुद्धको ऐतिहासिक जितमा नै आफूहरू सीमित नरहने बताएकी छन् ।

भारतविरुद्ध पहिलोपटक जित निकाल्नु खुसीको क्षण रहे पनि लक्ष्य अझै बाँकी रहेको उनले उल्लेख गरिन् । उनले लिगमा शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने लक्ष्य सुनाइन् । नेपालले शनिबार भारतमाथि ३-२ को जित निकाल्दै छिमेक प्रतिद्वन्द्वीविरुद्ध पहिलोपटक सफलता पाएको हो ।

यो पनि : भारतमाथि नेपालको ऐतिहासिक जित

कप्तान अरुणाले समूह चरणका खेल अझै बाँकी र अबको लक्ष्य इरानजस्तो बलियो टिमलाई हराउनु पनि भएको उल्लेख गरिन् । उनले जितबाट धेरै उत्साहित नभई सेमिफाइनल र फाइनलतर्फको खेलमा ध्यान दिने बताइन् ।

यद्यपि, जितबाट तत्काल धेरै खुसी भएको उनले प्रतिक्रिया दिइन् । राम्रो सुरुआतका बाबजुद लय बिग्रिए पनि ‘रिकर्भर’ गर्न सफल भएको अरुणाको भनाइ थियो ।

तपाईको प्रतिक्रिया