Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय कार्यालयको बैठकमा वर्गीय सम्बन्ध कमजोर बनेको बताएका छन् । शुक्रबार बसेको बैठकमा प्रचण्डले कमजोर बनेको वर्गीय सम्बन्धलाई सुधार गर्ने मौका माओवादीले अहिले पाइरहेको बताएका हुन् ।

प्रचण्डले भ्रष्टाचारको विरुद्धमा, सुशासनको पक्षमा, जनतालाई सेवा प्रवाहको क्षेत्रमा र कूटनैतिक क्षेत्रमा राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिनु परेको बैठकमा ब्रिफिङ गरेका थिए । उनले बैठकमा भने, ‘हामीले सरकारमा रहेर भ्रष्टाचारको विरुद्धमा, सुशासनको पक्षमा, जनतालाई सेवा प्रवाह गर्ने पक्षमा, कूटनैतिक क्षेत्रमा हामीले निकै राम्रो पहलकदमी लिएका थियौं । त्यो पहल कदमी लिँदालिँदै समीकरण परिवर्तन गरियो ।’

अध्यक्ष प्रचण्डको ब्रिफिङपछि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव चक्रपाणि खनाल, हितराज पाण्डे, प्रवक्ता सापकोटा, उपमहासचिव वर्षमान पुन र राम कार्कीले आ-आफ्नो धारणा राखेको पनि प्रवक्ता सापकोटाले बताए । प्रवक्ता सापकोटाका अनुसार नेताहरूले अब माओवादी रूपान्तरण र शुद्धीकरणको बाटोमा जानु जरुरी रहेको धारणा राखेका थिए ।

नेताहरूले धारणा राख्ने क्रम जारी रहेकोले बैठक आजपनि जारी रहने सापकोटाले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया