Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – रोजगारीका लागि विदेश जानेले अब बिनाधितो ऋण पाउने भएका छन्। आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकिङ च्यानलबाट रेमिट्यान्स पठाउने सुनिश्चितता भएमा वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने घोषणा गरेको हो।

श्रम स्वीकृति लिएर विदेश जानेहरूले बैंक खातामा रेमिट्यान्स पठाउने ग्यारेन्टी गरे बिनाधितो ऋण पाउनेछन्। साथै, नेपाल राष्ट्र बैंकले बैंकदर र निक्षेप संकलनदर घटाएको छ। नयाँ मौद्रिक नीतिमार्फत बैंकदरलाई सात प्रतिशतबाट छ दशमलव पाँच प्रतिशत र नीतिगत दरलाई पाँच दशमलव पाँच प्रतिशतबाट पाँच प्रतिशत कायम गरिएको छ। निक्षेप संकलन दरलाई तीन प्रतिशतमा यथावत् राखिएको छ। राष्ट्र बैंकले स्थायी तरलता सुविधा प्रदान गर्ने व्यवस्थालाई निरन्तरता दिँदै शर्तहरूलाई लचिलो बनाउने र अनिवार्य नगद अनुपात तथा वैधानिक तरलता अनुपातलाई निरन्तरता दिने जानकारी गराएको छ।

गभर्नर अधिकारीले अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको बताए। साथै, उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व कायम हुनेगरी नियामकीय व्यवस्था तर्जुमा गरिएको बताए।

 

 

तपाईको प्रतिक्रिया