Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ( शुक्रबार ) मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले तयार पारेको नीतिको मस्यौदालाई अनुमोदन गर्न केहीबेरपछि केन्द्रीय बैंकको बोर्ड बैठक हुने उक्त बैंकका एकजना वरिष्ठ अधिकारीले जानकारी दिनुभयो ।

बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा मुलुकको अर्थतन्त्रलाई सक्रिय बनाउन, कर्जा विस्तार र निर्माण क्षेत्रलाई गतिशील बनाउने, सेयर धितो र घरजग्गा कर्जामा केही लचिलो बन्ने लगायत उद्योग–व्यवसायमैत्री मौद्रिक नीति केन्द्रीय बैंकले सार्वजनिक गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

बैंकको बोर्ड बैठक लगत्तै मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंक स्रोतले जनाएको छ। सरकारले यसपालि आर्थिक संकटलाई समाधान गर्ने गरी मौद्रिक नीति ल्याउने बताउदै आएको छ।

तपाईको प्रतिक्रिया