Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सौर्य एयरलाइन्सको विमान दुर्घटना छानबिनका लागि गठित आयोगले काम सुरु गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आयोगले बिहीबार टम्स अफ रिफरेन्स (टीओआर) बुझेको थियो। आयोगले ४५ दिनभित्र प्रतिवेदन बुझाउने स्पष्ट योजना तयार गरेको छ।

बुधबार मर्मतका लागि पोखरा उडेको सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनाग्रस्त भएको थियो। आकस्मिक मन्त्रिपरिषद् बैठकले दुर्घटना छानबिन आयोग गठन गरेको छ। आयोगको अध्यक्ष रतिशचन्द्रलाल सुमनले घटनास्थलको अवलोकन गरेका छन् र ब्ल्याक बक्स नियन्त्रणमा लिइएको छ।

पाँच सदस्यीय आयोगमा दीपु ज्वारचन, सुदीप भट्टराई, सञ्जय अधिकारी, र मुकेश डंगोल छन्। जहाजमा १७ प्राविधिज्ञ र २ चालकदलका सदस्य थिए। दुर्घटनामा १८ यात्रुको मृत्यु भएको छ। जहाजको बिमा प्रभु इन्स्योरेन्स र विदेशी पुनर्बिमा कम्पनीहरूले गरेका थिए। क्षतिपूर्तिको दाबी ३० करोड रुपैयाँभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया