समाचार सुन्नुहोस :
काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनबीच आज शिष्टाचार भेट भएको छ। भेटमा उनीहरूबीच द्विपक्षीय हित, सूचना प्रविधिको विकास, साइबर सुरक्षा, प्राकृतिक विपत्तिमा प्रविधिको प्रयोग र नेपालको शान्ति तथा समृद्धि लगायत विषयमा छलफल भयो।
मन्त्री गुरुङले प्राकृतिक विपत्ति सामना, उद्धार कार्य, सूचना प्रविधिको विकास र रोजगारी सिर्जना लगायत विकास प्राथमिकताका क्षेत्रमा सहकार्य गर्न नेपाल तयार रहेको बताए। राजदूत थम्सनले सूचना प्रविधि क्षेत्रको विकासका लागि अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताएका छन्।
प्रकाशित मिति: आइतबार, साउन ०६, २०८१
प्रकाशित समय: २३:०५:२३