Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा दिएको अभिव्यक्तिले जनतालाई भ्रममा पारेको भन्दै पुन असन्तुष्ट छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा पुनले गिरिबन्धु टी स्टेटको भ्रष्टाचार मुद्दा उठाउँदै माओवादी अध्यक्ष पुष्पकमल दाहालको सरकारले यसलाई खोल्ने बित्तिकै नयाँ सत्ता समीकरण बनेको आरोप लगाए। पुनले काँग्रेस र एमालेले मिलेर भ्रष्टाचारको मुद्दा लुकाउन सरकार बनाएको आरोप लगाउँदै यसको जवाफ मागे।

तपाईको प्रतिक्रिया