Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकार ढलेको छ। मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिए। नयाँ सत्ता समीकरण (एमाले–कांग्रेस) बनेपछि मुख्यमन्त्री अल्पमतमा थिए। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले राजीनामा दिएका हुन्।

२३ चैतमा नियुक्त भएका महराले तीन महिनामै राजीनामा दिए। अब लुम्बिनीमा एमालेका लीला गिरीको नेतृत्वमा सरकार बन्नेछ। ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार बनाउन ४४ सांसदको समर्थन चाहिन्छ। एमालेका २९ र कांग्रेसका २७ सांसद छन्। माओवादी केन्द्रका ११, राप्रपा र नागरिक उन्मुक्तिका ४/४, जसपाका २, जनमत र लोसपाका ३/३, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र स्वतन्त्रका १/१ सांसद छन्।

तपाईको प्रतिक्रिया