Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा काटिएका ६ उद्योगको लाइन पुनः जोड्न निर्देशन दिए पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अस्वीकार गरेका छन्।

शुक्रबार ऊर्जामन्त्री दीपक खड्का र उद्योगमन्त्री दामोदर भण्डारीसहितको बैठकमा प्रधानमन्त्रीले लाइन जोड्न निर्देशन दिएका थिए, तर घिसिङले सञ्चालन समितिको बैठकबाट निर्णय आवश्यक रहेको जवाफ दिएका थिए। ऊर्जामन्त्री खड्काले बोर्ड बैठक राखे पनि घिसिङले ऊर्जा मन्त्रालयबाटै निर्देशन आउनुपर्ने अडान लिएका थिए।

घिसिङले प्रधानमन्त्रीको निर्देशन पालन नगरेपछि ओली रुष्ट भएका छन् र ‘कि तपाईं निर्णय गर्नुहोस् नभए तपाईंमाथि निर्णय हुन्छ’ भनी चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया