समाचार सुन्नुहोस :
काठमाडौँ – बाँकेमा चित्तलको मासुसहित मोहन थारू पक्राउ परेका छन्। बाँके राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको संयुक्त गस्ती टोलीले कोहलपुर नगरपालिका–१३ का थारूलाई ६० किलोग्राम चित्तलको मासुसहित पक्राउ गरेको हो।
थारूसँगै समूह वन्यजन्तुको सिकार गर्न बसेका अन्य व्यक्तिहरू फरार भएका छन्। थारूसँग एक थान भरुवा बन्दुक, गोली लागेको ६० केजीको मृत चित्तल र अन्य बन्दोबस्तीका सामान फेला परेका छन्। वन्यजन्तु सिकार गर्ने सबैलाई कानुनी कारबाही गरिने जानकारी दिइएको छ।