Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेका टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले गौरवपूर्ण इतिहास भए पनि देशको सन्तोष जनक अवस्था नरहेको भन्दै त्यो अवस्थालाई बदल्न आवश्यक रहेको बताए । ‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन देशको अवस्था । देश प्रशंसा गर्न लायक छ,देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य उज्ज्वल छ,’ उनले भने, ‘तर, आज सन्तोष मान्न र खुसी सकिने अवस्था छैन । हामीले यस अवस्थालाई हामीले बदल्नै पर्ने छ ।’

प्रधानमन्त्री ओलीले सरकारले देशमा भएका अप्ठेरालाई सजिलोमा परिणत गर्ने पनि बताए । ‘सरकार अप्ठ्यारा खोज्ने होइन अप्ठेरालाई सजिलोमा परिणत गर्न समाधान खोज्ने तरिकामा छ । त्यसैले तपाईँहरू यसमा ढुक्क हुनुभए हुन्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया