Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यसूची छ । विपक्षी दलहरुले मोर्चाबन्दी नै गरेर शुक्रबार सिंहदरबारमा सामुहिक छलफल गर्दै प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल, रास्वपा सभापति रवि लामिछाने र एकीकृत समाजादी अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार सिंहदबारमा भएको छलफलपछि तीन दल विपक्षमा उभिने टुंगोमा पुगेका हुन् । ‘विपक्षी दलहरु प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वास मतको विपक्षमा उभिने निधो भएको छ,’ नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ भने ।

उनकाअनुसार नयाँ सरकार गठन गर्दा नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार गठन हुँदा संविधान मिचिएको छ । ‘प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्ने हो । उपधारा २ अनुसार नै बनाएर संविधान मिचिएको छ,’ पुनले भने, ‘यो कुरा सदनमा पनि उठाउने र सरोकारवालाहरूसँग पनि सशक्त रुपमा लैजाने कुरा भएको छ । प्रतिवाद गर्छौं ।’

तपाईको प्रतिक्रिया