Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सभामुख देवराज घिमिरेले उपसभामुख इन्दिरा रानामगरलाई राजीनामा दिन आग्रह गरेका छन्। सिंहदरबारमा भएको कुराकानीमा सभामुखले उपसभामुखलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न भनेका हुन्।

उपसभामुख रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छिन्। काठमाडौँस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसा अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र सार्वजनिक भएपछि उनले सामाजिक सञ्जाल र मिडियामा आलोचना र राजीनामाको दबाब खेप्नुपरेको छ।

उपसभामुख रानाले व्यक्तिगत रुपमा संसद सचिवालयसँग असम्बन्धित व्यक्तिहरुलाई भिसा अन्तर्वार्ताका लागि सिफारिस गरेकी थिइन्। यस प्रकरणले राजनीतिक रुप लिँदै गर्दा सभामुख घिमिरेले यसलाई गम्भीर विषय मानेका छन्।

यो पनि पढ्नुहोस : अमेरिका जान दूतावासलाई लेखेको पत्रले गम्भीर विवादमा इन्दिरा (पत्रसहित)

 

तपाईको प्रतिक्रिया