Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

काठमाडौं – विश्वका विभिन्न देशमा भइरहेको सूचनाप्रविधि (आईटी) अवरोधको कारण माइक्रोसफ्ट र साइबरसेक्युरिटी कम्पनी क्राउडस्ट्राइक हुनसक्ने आशंका गरिएको छ ।

माइक्रोसफ्ट अपरेटिङ सिस्टम प्रयोग गरिएका कम्प्युटरहरू ‘ब्लु स्क्रिन अफ ड्याथ’ अर्थात् अलर्टसहित निलो स्क्रिन देखिएर डाउन हुँदा समस्या भइरहेको छ । यसका कारण भारत, बेलायत, अस्ट्रेलियालगायत कयौं देशमा विमानस्थल, बैंक, अस्पताल, यातायातलगायत किनमेल स्टोरमा समेत सेवा अवरोध भएको छ ।एन्टिभाइरस सफ्टवेयर उत्पादक साइबरसुरक्षा प्रदायक कम्पनी क्राउडस्ट्राइकले आफ्नो सफ्टवेयरमा अपडेट दिएको र उक्त अपडेटपछि कम्प्युटरमा समस्या आइरहेको बताइएको छ । बीबीसीले उल्लेख गरेअनुसार क्राउडस्ट्राइकको सफ्टवेयरका कारण मात्रै समस्या भइरहेको हो अथवा माइक्रोसफ्टमा पनि समस्या आएको हो भन्ने स्पष्ट भइसकेको छैन ।

माइक्रोसफ्टमा समस्या भएको भए यो अझै धेरै ठाउँमा हुनसक्ने भन्दै क्राउडस्ट्राइकको सफ्टवेयर प्रयोग गरिएका कम्प्युटरमा समस्या हुनसक्ने आंकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया