Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुखमा निर्वाचित इन्दिरा राना मगर विवादमा तानिएपछि रास्वपाले छानबिन थालेको छ । रास्वपाका उपसभापति डीपी अर्यालले आज रानासँग सोधपुछ गरेका हुन् ।

उपसभामुख रानाले अमेरिकी दूतावासलाई पत्र लेख्दै केही व्यक्तिहरूलाई भिसाको अन्तर्वार्ताका लागि डेट मिलाइ दिन आग्रह गरेकी थिइन् । उपसभामुखले आफ्नो ओहदाको दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि अहिले विवादको विषय बनेको छ ।

संसदसँग असम्बन्धित व्यक्तिहरूलाई आफ्नो टोलीमा राखेर सिफारिस गरिएको पाइएपछि रानामाथि प्रश्न उठेको हो । यद्यपि, ती व्यक्तिहरूले अन्तर्वार्ताको डेट पाउन सकेनन् । उपसभामुख एक्लै अमेरिका गएर फर्केकी थिइन् ।

रास्वपाबाट निर्वाचित भएकी हुँदा उपसभामुखको विवादले पार्टीलाई पनि असर गरेको छ । यो विषय रास्वपाको जानकारीमा रहे पनि गुपचुप राखिरहेको आरोप समेत लागेको छ । तर, पार्टीका नेताहरू यो कुरा अस्वीकार गर्छन् । उपसभापति अर्यालले बाहिर आएका विषयवस्तुबारे पार्टीले अध्ययन गरिरहेको बताएका छन् ।

यो पनि : अमेरिका जान दूतावासलाई लेखेको पत्रले गम्भीर विवादमा इन्दिरा (पत्रसहित)

भिसाका लागि नभएर अन्तर्वार्ताको डेटका लागि मात्र सिफारिस गरिएको हुँदा यो त्यति ठूलो विषय नभएको उनको भनाइ छ । अर्यालले भने, ‘नेपालको क्याबिनेटबाटै निर्णय भएर मन्त्रीहरू बाहिर जाँदा पनि सँगै जाने मान्छेहरूलाई भिसाको इन्टरभ्यूका लागि सिफारिस लेख्ने चलन रहेछ । उहाँले लेख्नु सही थियो वा थिएन भन्ने आफ्ना ठाउँमा छ, तर यो त्यति ठूलो विषय होइन ।’

उवले गलत नियतले पत्र नलेखेको बताउनु भएको छ । एउटै प्रोग्राममा जाने भएकाले आफूलाई पनि सहयोग हुन्छ भनेर अन्तरवार्ताका लागि डेट दिन लेखिदिनु भएको रहेछ । डेट लिन एकदमै गाह्रो हुन्छ नि अमेरिकी दूतावासमा । तर, उहाँले सिफारिस गरेका मान्छेहरुले अन्तरवार्ता दिन पाएनन् भन्ने बुझेको छु’, अर्यालले भने । यो कार्यमा कुनै आर्थिक लेनदेन नदेखिएको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया