Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आरक्षण विरोधी राष्ट्रव्यापी आन्दोलनमा बंगलादेशका विभिन्न भागमा हालसम्म कम्तीमा १९ जनाको मृत्यु भएको छ। स्थानीय मिडियाहरूका अनुसार, सयौं मानिस घाइते भएका छन् र आन्दोलन तथा हिंसा निरन्तर बढ्दै गएका छन्। प्रदर्शन हिंसात्मक हुँदा बंगलादेशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ।

यसैबीच, बिहीबार दिउँसो बंगलादेशको राष्ट्रिय च्यानल बीटीभीको कार्यालयमा आगलागी भएको छ। आगलागीका कारण बीटीभीको प्रसारण रोकिएको छ। गत जुन ५ मा उच्च अदालतले सन् २०१८ मा सरकारी जागिरमा आरक्षण खारेज गर्ने सरकारको सूचनालाई अवैधानिक घोषणा गरेको थियो। यस फैसलापछि आरक्षण विरुद्धको आन्दोलन सुरु भएको हो।

तपाईको प्रतिक्रिया