Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणलाई उच्च प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका छन्। आज काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको मेलम्ची उपआयोजना–२ का बारेमा जानकारी लिने क्रममा उनले यस प्रतिबद्धता जनाएका हुन्। उनले भने, “हामीले काम गरेर मेलम्ची खानेपानी आयोजनासम्बन्धी गलत धारणा चिर्नुपर्छ र जनतालाई मेलम्चीको पानी वर्षभरि उपलब्ध गराउन दिनरात नभनी काम गर्नुपर्छ। यसका लागि म पूर्णतः प्रतिबद्ध छु।”

मन्त्री यादवले काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणाली सुधार र फोहोर पानी व्यवस्थापन आयोजनाको प्रगति तथा सञ्चालनमा रहेका कार्यक्रमबारे जानकारी लिए। साथै, मन्त्रालयको प्राविधिक र प्रशासनिक कार्यबारे अवगत हुँदै जनताको गुनासो सुनी मन्त्रालयका कर्मचारीसँग मिलेर काम गरिरहेको बताए। उनले स्थानीय सरकारसँग समन्वयको आवश्यकता औंल्याउँदै काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग टेलिफोनमा छलफल भएको पनि उल्लेख गरे।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका विषयमा प्राप्त गुनासोप्रति आफू गम्भीर रहेको बताउँदै उनले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे। “म पार्टीभन्दा जनताको मन्त्री हुँ, मेरो पहिलो प्राथमिकता जनताको समस्या समाधान गर्नु हो,” उनले भने, “मेलम्चीको मुहान सार्ने काम र वर्षभरि काठमाडौंका बासिन्दालाई खानेपानी पुर्याउनुपर्छ।”

 

 

तपाईको प्रतिक्रिया