समाचार सुन्नुहोस :
काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ। पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिए ।
यसका साथै, लोसपा नेपालको नेता शरदसिंह भण्डारी वर्तमान सरकारमा श्रम तथा रोजगारमन्त्रीको पदमा कार्यरत छन्। प्रतिनिधिसभामा लोसपा चार सांसद भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान बमोजिम यही साउन ६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । गत आइतबार, राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।