Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले एक किलो एक सय ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २३ वर्षीय भारतीय नागरिक फहिमुद्दिन नासिमुद्दिन अन्सारी र ४४ वर्षीय नाइजेरियन नागरिक इकेचुकवा सिरिल ओबोडोइफुला रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले यसबारे जानकारी दिए।

प्रहरीका अनुसार, नाइजेरियन नागरिक ओबोडोइफुला कतार एअरलाइन्समार्फत साउन १ गते नेपाल आइपुगेका थिए। उनीसँगै ल्याइएको कोकिनसहित भारतीय नागरिक अन्सारीलाई ठमेलबाट पक्राउ गरिएको हो। ओबोडोइफुलालाई पनि काठमाडौँको पिङ्गलास्थानबाट पक्राउ गरिएको छ। ब्यूरोको अनुसन्धानले खुलाएअनुसार, अन्सारी इन्डिगो एअरलाइन्समार्फत मुम्बई हुँदै काठमाडौँ आइपुगेका थिए र ओबोडोइफुलाले ल्याएको कोकिन लिन आएका थिए।

प्रहरीले जानकारी दिएअनुसार, उक्त कोकिन क्याप्सुल बनाएर ज्याकेटमा लुकाएर कतारबाट ल्याइएको थियो। पक्राउ परेकाहरुमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही गरिनेछ।

 

 

तपाईको प्रतिक्रिया