समाचार सुन्नुहोस :
काठमाडौँ – बैंकक शहरको एक होटलमा ६ जना विदेशी नागरिक मृत अवस्थामा भेटिएका छन्। प्रहरीले उनीहरूलाई गोली हानेर मारिएको भन्ने रिपोर्टलाई अस्वीकार गरेको छ। होटलको एउटै कोठामा तीन पुरुष र तीन महिलाको शव फेला परेको र मृत्युको कारण अहिलेसम्म पत्ता नलागेको महानगरीय प्रहरी ब्युरोका आयुक्त थिती साङ्सावाङले बताएका छन्।
होटलको कोठामा शंकास्पद वस्तु भेटिएको र घटनास्थलमा झगडाको कुनै संकेत नभेटिएकाले विष सेवनको कारणमृत्यु हुन सक्ने सम्भावना रहेको आयुक्त साङ्सावाङले बताएका छन्।
थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले जनतामा कुनै असर नपरोस् भनेर घटनाको गहिरो अनुसन्धान गर्न आदेश दिएका छन्।