समाचार सुन्नुहोस :
काठमाडौँ – हालका दिनहरूमा सामाजिक सञ्जालमा युवा युवतीहरूको चासो निकै बढिरहेको छ। फेसबुक, टिकटक, इन्स्ट्रालगायतका प्लेटफर्महरूमा रिल्स बनाउने गतिविधि विशेष गरी लोकप्रिय भएको छ।
रिल्स बनाउने क्रममा विभिन्न अकल्पनीय घटनाहरू घटिरहेका छन्। यस्ता घटनाहरूका बाबजुद पनि सामाजिक सञ्जालका प्रयोगकर्ताहरूको संख्यामा कुनै कमी आएको देखिँदैन।
हालै, छिमेकी देश भारतमा रिल्स बनाउने क्रममा एक दुःखद घटना घटेको छ। एक २७ वर्षीया युवती, आन्भी कम्दार, झरनामा चिप्लिएर ३०० फिट तल खसेर मृत्युवरण गरेकी छिन्। पेशाले चार्टर्ड अकाउन्टेन्ट रहेकी आन्भी इन्स्ट्राग्राममा सक्रिय प्रयोगकर्ता थिइन्।