समाचार सुन्नुहोस :
काठमाडौँ – साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूका प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आयोजना गरिने भएको छ। बिहीबार सभामुख देवराज घिमिरेले मुख्य र प्रमुख सचेतकहरूसँग भएको छलफलमा यसबारेमा छलफल भएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन्।
शुक्रबार कार्यतालिका प्रस्ताव गरेर कार्यव्यवस्थाबाट स्वीकृत गरिने उनले बताए। यससँगै, प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वास मत लिने तयारी गरिरहेका छन्।