Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नवनियुक्त उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटघाट गरेका छन्। सिंहदरबारस्थित मन्त्री सिंहको कार्यकक्षमा भएको यस भेटमा द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो। मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना दिँदै पारस्परिक सहयोग अभिवृद्धिका लागि भारत तयार रहेको बताए।

मन्त्रालयका सचिव मणिराम गेलालका अनुसार, मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण, र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोगबारे पनि छलफल भएको थियो। साथै, भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाहरूको समीक्षा पनि गरिएको थियो।

दुई देशका सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीबारे पनि छलफल भएको सचिव गेलालले जानकारी दिए। यस क्रममा उपप्रधानमन्त्री सिंहले भारतले नेपाललाई गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग हुने अपेक्षा व्यक्त गरे।

तपाईको प्रतिक्रिया