समाचार सुन्नुहोस :
काठमाडौँ – शुक्रवार बिहान पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १५ जनाको शव भेटिएको छ। सशस्त्र प्रहरीले विभिन्न ठाउँमा भेटिएका १५ मध्ये आठ जनाको पहिचान खुलेको र अरू सात जनाको पहिचान गर्ने काम भइरहेको जानकारी दिएको छ।
असार २८ गते शुक्रवार वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको एञ्जल डिलक्स र काठमाण्डौबाट गौरका लागि छुटेको गणपति डिलक्स बस सिमलतालबाट त्रिशूली नदीमा खसेका थिए।
ती बसमा ६५ जना यात्रु सवार थिए, जसमा तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए। तीमध्ये अझै ४७ जना यात्रु र दुई बस बेपत्ता नै छन्। अन्य यात्रु र बसको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।