समाचार सुन्नुहोस :
काठमाडौँ – भारतीय विदेशमन्त्री एस जयशंकरले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बधाई दिएका छन्। सोमबार आरजुले परराष्ट्रमन्त्रीको पदको शपथ ग्रहण गरेपछि जयशंकरले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत बधाई दिएका हुन्। जयशंकरले भनेका छन्, “नेपालको परराष्ट्रमन्त्रीको रुपमा नियुक्त हुनुभएकोमा आरजु राणा देउवालाई हार्दिक बधाई। बहुआयामिक साझेदारीलाई अघि बढाउन तपाईसँग मिलेर काम गर्न तत्पर छु।”
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका थिए। उनले दुई देशबीचको मित्रताको गहिरो सम्बन्धलाई थप बलियो बनाउन र जनताको प्रगति र समृद्धिका लागि पारस्परिक सहकार्य गर्ने बताउनु भएको थियो।
प्रकाशित मिति: सोमबार, आषाढ ३१, २०८१
प्रकाशित समय: १८:०६:०३