समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसले मन्त्रीहरूका नाम टुंग्याएको छ। प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस सरकारमा जाने निश्चित भएको छ। सिंह उपप्रधानमन्त्री र सहरी विकास मन्त्रीको रूपमा काम गर्नेछन्। रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्रमन्त्री हुने तय भएको छ।
त्यसै गरी अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्नेछन् भने दीपक खड्का ऊर्जामन्त्री हुनेछन्। ऐनबहादुर शाही वन मन्त्रीको जिम्मेवारी लिनेछन्। सभापति शेरबहादुर देउवाले शेखर–गगन समूहलाई स्वास्थ्य तथा जनसङ्ख्या, युवा तथा खेलकुद, पर्यटन र कृषि मन्त्रालय जिम्मा दिने निर्णय गरेका छन्।
यसमा तेजुलाल चौधरीको नाम पनि टुंग्याइएको छ भने अन्य दुई मन्त्रीको लागि सहमहामन्त्री जीवन परियार, सांसदहरू प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीको दाबी रहेको छ। यी चारमध्ये दुईको नाम टुंग्याउन शेखर कोइराला उपसभापति धनराज गुरुङ र महामन्त्री थापासँग छलफलमा छन्।