Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० ले हराउँदै अर्जेन्टिनाले १६औँ पटक कोपा उपाधि जितेको हो ।

योसँगै अर्जेन्टिनाले सर्वाधिक कोपा उपाधि जित्ने रेकर्ड बनाएको छ । यसअघि अर्जेन्टिना र उरुग्वेको नाममा १५/१५ कोपा उपाधि थियो । अब अर्जेन्टिनाले उरुग्वेलाई पछि पार्दै सर्वाधिक कोपा उपाधि जित्ने मामलामा शीर्ष स्थानमा उक्लिएको छ ।

अर्जेन्टिनालाई लगातार दोस्रो तथा समग्रमा १६औँपटक कोपा च्याम्पियन बनाउनेक्रममा लाउटारो मार्टिनेजले निर्णायक गोल गरे । उनले खेलको ११२औँ मिनेटमा जियोवानी लो सेल्सोको असिस्टमा गोल गरेका हुन् । मार्टिनेजको सोही गोल नै निर्णायक साबित भयो ।

अर्जेन्टिनाले पछिल्लो ३ वर्षमा लगातार तीन उपाधि जितेको हो । २०२१ मा कोपा अमेरिका जितेपछि अर्जेन्टिनाले २०२२ मा विश्वकप उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया