Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – चितवनको नारायणी नदी किनारमा हालसम्म ११ जनाको शव फेला परेको छ। गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुहरूको खोजी कार्यमा संलग्न प्रहरीले हालसम्म ११ वटा शव फेला पारेको छ। यी शवहरू पहिरोले बगाएको बसकै यात्रुहरूको भएको अनुमान गरिएको छ। फेला परेका ११ मध्ये पाँच जनाको पहिचान भएको छ भने बाँकी ६ जनाको पहिचान हुन बाँकी छ।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएको थियो।

गौरतर्फ जाँदै गरेको बसमा २७ जना र वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बसमा ३८ जना बेपत्ता भएका थिए। तीन जना सकुशल उद्धार गरिएका छन् भने ६२ जना अझै बेपत्ता छन्। हालसम्म बसहरूको कुनै पनि अंश फेला परेको छैन र त्रिशूली नदीमा खोजी कार्य जारी छ।

तपाईको प्रतिक्रिया