Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – ४८औँ संस्करणको कोपा अमेरिका फुटबलमा १५ पटकको विजेता उरुग्वे तेस्रो भएको छ । आज बिहान सम्पन्न खेलमा क्यानडालाई पेनाल्टीसुटआउटमा ४-३ ले हराउँदै उरुग्वेले तेस्रो स्थान हासिल गरेको हो ।

पेनाल्टी सुटआउटमा उरुग्वेका चार खेलाडी सफल भए । क्यानडाका भने तीन खेलाडीले मात्र गोल गर्न सके । त्यसअघि निर्धारित समयमा दुवै टिमले २-२ को बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा उरुग्वेले गोल फर्काएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो ।

उरुग्वेका लागि दोस्रो गोल लुइस सुआरेजले गरे । खेलको ८०औँ मिनेटमा जोनाथन डेविडको गोलमा क्यानडाले खेलमा अग्रता लिएको थियो । खेलको आठौँ मिनेटमा रोड्रिगो बेन्टान्करले गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाए । तर, उसको अग्रता लामो समयसम्म टिक्न सकेन । २२औँ मिनेटमा इस्माइल कोनेले गोल गर्दै खेललाई १-१ को स्थितिमा ल्याएका थिए ।

सेमिफाइनलमा क्यानडा अर्जेन्टिनासँग तथा उरुग्वे कोलोम्बियासँग पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया