समाचार सुन्नुहोस :
काठमाडौँ – साउनको २० गतेसम्म थानकोट–चित्लाङ सडक बन्द हुने भएको छ । सेतो पहरो क्षेत्रमा एक महिनादेखि बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सडक बन्द गरेर उच्च ग्रेड कम गर्ने र साँघुरो ठाउँलाई फराकिलो बनाउने काम भइरहेको छ।
कडा चट्टानका कारण काममा ढिलाइ भएपछि सडक डिभिजन काठमाण्डौले आउँदो साउन २० गतेसम्म सडक बन्द रहने जनाएको छ। सडक डिभिजन काठमाडौँले यात्रुहरूलाई साउन २० गतेसम्म वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ।