Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – शुक्रवार बिहान पहिरोमा परेर त्रिशूली नदिमा हराएका बस र यात्रुको खोजीका लागि पानीभित्र हेर्न सकिने ड्रोन क्यामरा प्रयोग गरिएको छ। सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बिहानैदेखि गोताखोरसहितको टोली परिचालन गरी खोजी कार्यलाई तीव्र बनाइएको र ड्रोन क्यामराको सहारा लिएको जानकारी दिएका छन्।

प्रहरीका अनुसार टोलीले त्रिशूली नदिमा सोनार क्यामरा, वाटर ड्रोन, र पाइपलाइन इन्सपेक्सन सिस्टमको प्रयोग गरेर खोजी कार्य प्रारम्भ गरेको छ। र्याफ्टबोटमा जडित सोनार क्यामराले पानीभित्रका वस्तुहरूको पहिचान गर्न सहयोग पुर्‍याउने जनाइएको छ। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोर र २५ जना सुरक्षा फौज, नं १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त ३५ जनाको सुरक्षा फौजलाई खोजी कार्यमा संलग्न गरिएको छ। यसका साथै नेपाली सेना र नेपाल प्रहरी पनि खोजी कार्यमा सहभागी रहेका छन्।

वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशूली नदिमा खसेको थियो।

 

 

तपाईको प्रतिक्रिया