Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधि सभामा लिएको पाँचौं विश्वासको मत नपाएपछि प्रचण्ड स्वचालित रूपमा पदमुक्त हुँदै प्रचण्ड सरकार ढलेको हो । प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको प्रस्तावलाई समर्थन गर्ने सांसदको संख्या ६३ मात्रै रह्यो। १९४ सांसदले प्रस्तावको विरोध गरे भने १ सांसद तटस्थ रहे। मत विभाजन प्रक्रियामा कुल २५८ सांसद सहभागी भएका थिए।

प्रचण्ड पदमुक्त भएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। नेपाली कांग्रेस र नेकपा (एमाले)ले नयाँ सरकार गठन गर्न सहमति जनाएका छन्। सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने तयारीमा छन्।

सरकार गठनको संविधानको धारा ७६ को कुन उपधारामा आधारित हुने भन्ने विषयमा जानकारहरूको मत विभाजित छ। केहीले संविधानको धारा ७६ (२) अनुसार सरकार बन्ने बताएका छन् भने केहीले धारा ७६ (३) अनुसार बन्ने दाबी गरेका छन्। प्रचण्ड भने धारा ७६ (२) अनुसार बनेका प्रधानमन्त्री थिए। कांग्रेस-एमाले सांसदहरूले दुईतिहाइ हस्ताक्षर सङ्कलन गरी (२) अनुसारकै सरकार गठनको माग गर्दै शीतल निवास जाने तयारी गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया