Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिपक्षमा नराखी प्रधानमन्त्री बनाउनु गल्ती भएको टिप्पणी गरेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रचण्डले विश्वासको मत माग्ने प्रस्ताव पेश गरेपछि छलफलको क्रममा लेखकले प्रचण्ड प्रतिपक्षमा बस्न उपयुक्त व्यक्ति भएको उल्लेख गरे।

‘मेरो सम्मानित नेता प्रचण्डको भाषण सुन्दा उहाँलाई ठीक ठाउँमा नराखेर गल्ती गरिएछ, अब प्रतिपक्ष कमजोर नहुने भयो,’ लेखकले भने। यसअघि प्रचण्डले संसद्को पहिलो र दोस्रो दल मिल्नु लोकतन्त्रका लागि खतराको विषय भएको बताएका थिए।

कांग्रेस नेता लेखकले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमाले मिलेको बताएका छन्। प्रतिनिधि सभा बैठकमा विश्वासको मतमाथि छलफल जारी छ।

 

 

तपाईको प्रतिक्रिया