समाचार सुन्नुहोस :
काठमाडौँ – गृह मन्त्रालयले वर्षायाममा रातको समयमा सवारीसाधन सञ्चालन गर्दा जोखिम बढ्ने भन्दै रातको समयमा यातायात सञ्चालनमा रोक लगाउने विषयमा छलफल सुरु गरेको छ।
आज बिहान ३:३० बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस पहिरोले बगाएर बेपत्ता भएपछि गृह मन्त्रालयले रातमा बस चलाउन रोक्ने प्रस्ताव अघि सारेको हो। यस विषयमा यातायात व्यवसायीहरूसँग छलफल गर्न लागिएको मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले जनाएको छ।