समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनमा कुनै सम्झौता नगर्ने दृढ संकल्प र प्रतिबद्धताका कारण सरकारले गिरावटको स्थिति उत्पन्न भएको बताएका छन्।
आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले सुशासनको सङ्कल्प गरेको र जनताको विश्वास जित्ने समय आएको बताए। उनले जनताको असन्तोषलाई स्वीकार गर्दै, त्यस्तो अवस्था परिवर्तन गर्न आफू प्रतिबद्ध रहेको प्रष्ट पारे।
‘मैले संकल्प गरेको थिएँ, जनताको हामीप्रति एक ढंगको असन्तोष छ भन्ने तथ्य लुकाएर होइन, त्यसलाई स्वीकार गरेर त्यो अवस्था बदल्न म कृत संकल्पित छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले राज्यबाट जनतालाई प्रदान गरिने सेवा प्रवाहको सरलीकरणको प्रयास गर्यो । सरकारले विश्वविद्यालयमा मेरिटोक्रेसीको प्रयास गर्यो । सरकारले जनतालाई सुशासनको ठोस अनुभूति दिने प्रयास गर्यो । देशको एउटा विशेष वर्ग कानूनभन्दा माथि छ भन्ने भाष्य र त्यसले जनतामा जागेको असन्तोषलाई सम्बोधन गर्ने प्रयास गर्यो । कुनै यति, कुनै ओम्नी र कुनै गिरिबन्धुहरूको बोझ र कलङ्क नबोकी पनि सरकार चलाउन सकिन्छ भन्ने उदाहरण पेश गर्यो ।’