Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा कुनै पनि मन्त्री उपस्थित नभएपछि बैठक भोलीसम्मका लागि स्थगित भएको छ। दिउँसो ४ बजेका लागि बोलाइएको बैठक साँझ साढे ५ बजे मात्र सुरु भएको थियो।

बैठकको सुरुमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कुनै पनि मन्त्री उपस्थित नभएकाले संसद् बैठक अघि बढ्न नसक्ने भन्दै सभामुखको ध्यानाकर्षण गराए। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ को उपनियम ५ अनुसार बैठक सञ्चालन गर्न मन्त्रीको उपस्थिति अनिवार्य भएको भन्दै शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।

आजको बैठक जम्मा २ मिनेट बसेर स्थगित भएको थियो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले “आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७९–०८०)” पेश गर्ने कार्यसूची थियो।

तपाईको प्रतिक्रिया