Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ। बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकले यो निर्णय गरेको हो। राप्रपाका १४ सांसद छन्।

एमालेले समर्थन फिर्ता लिएपछि दाहालले असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका छन्। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले पनि विश्वासको मत नदिने निर्णय गरिसकेको छ।

यसैगरी, नेपाली कांग्रेस, एमाले, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीले पनि दाहाललाई विश्वासको मत नदिने निर्णय गरेका छन्। कांग्रेस र एमालेले आफ्ना सांसदलाई विरोधमा मतदान गर्न ह्विप जारी गरेका छन्।

हालसम्म माओवादी केन्द्र र एकीकृत समाजवादी मात्रै दाहाललाई समर्थन गर्ने पक्षमा छन्।

तपाईको प्रतिक्रिया