Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। प्रमुख सचेतक रमेश लेखकले बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेस सांसदहरूलाई शुक्रबार ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रचण्डको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएका छन्।

प्रतिनिधिसभामा कांग्रेसका ८८ जना सांसद छन्। एमाले र जसपाले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड अल्पमतमा परेका छन्। कांग्रेस र एमालेबीचको सहमतिअनुसार पहिलो दुई वर्ष केपी ओली प्रधानमन्त्री बन्ने र त्यसपछि डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्।

यसअघि चारपटकसम्म विश्वासको मत पाए पनि यो पटक प्रचण्डले विश्वासको मत नपाउने निश्चित देखिएको छ।

तपाईको प्रतिक्रिया