समाचार सुन्नुहोस :
काठमाडौँ – लिसा पिसानो, मेकानिकल मुटु पम्प र जिन सम्पादन गरिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएकी पहिलो व्यक्ति थिइन। सोमबार, उनको निधन भएको छ।
पिसानोको शरीरमा अप्रिल १२ मा प्रत्यारोपण गरिएको मिर्गौला मे २९ मा फेलियर भएपछि हताइएको थियो। उनी मेकानिकल मुटुको पम्पको साथमा मिर्गौला प्रत्यारोपण गरिएकी पहिलो व्यक्ति हुनुको साथसाथै जिन सम्पादन गरिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएकी दोस्रो व्यक्ति थिइन्।
अङ्ग प्रत्यारोपणले आफूलाई काम नगरे पनि अरूलाई फाइदा पुग्ने आशा उनले व्यक्त गरेकी थिइन्। विश्वमा हरेक ८ मिनेटमा अङ्ग प्रत्यारोपण पर्खिनेहरूको सूचिमा एक जना थपिन्छन् र दिनहुँ १७ जनाको निधन हुन्छ। दाताहरूको अभावका कारण अन्य पशुका अङ्ग प्रत्यारोपण (जेनोट्रान्सप्लान्टेशन) सम्भावित समाधान बन्ने आशा छ तर यसका लागि अझै कयौँ वर्ष कुर्नुपर्ने देखिन्छ।