Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ। बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको संसदीय दलका नेता गंगाराम चौधरीले जानकारी दिए।

चौधरीले बिहीबार समर्थन फिर्ताको पत्र बुझाउने बताएका छन्। उनले भने, “सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौं। भोलि पत्र पनि बुझाउँछौं।” यस निर्णयसँगै प्रधानमन्त्री दाहालले नागरिक उन्मुक्ति पार्टीका सांसदहरूको विश्वास गुमाउने छन्।

नेकपा एमाले र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार गठन हुने भएपछि नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएको हो। पार्टीका संरक्षक रेशम चौधरीले यसअघि नै राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने योजना बनाइसकेका थिए। उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरी राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने प्रतिवद्धता जनाएका थिए।

बैठकमा तीन सांसद मात्र सहभागी थिए। रञ्जिता श्रेष्ठ भने उपस्थित थिइनन्।

तपाईको प्रतिक्रिया