Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । नेकपा एमाले प्रमुख सचेतक महेश वर्तौलाले सांसदहरूलाई विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन ।

‘यही असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित भइ प्रधानमन्त्री पुष्पकमल दाहालले बिश्वासको मतका लागि राख्नु भएको प्रस्तावको बिपक्षमा मतदान गर्नुहुन ह्विप जारी गरिएको जानकारी गराउन चाहन्छु,’ सांसदहरूलाई पठाइएको ह्वीपमा भनिएको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसले नयाँ सरकार बनाउन सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् । अल्पमतमा परेका उनले असार २८ गते विश्वासको मत लिँदै छन् ।

तपाईको प्रतिक्रिया