Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिहरूले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रहेका मन्त्री निवासहरू खाली गरेका छन्। प्रधानमन्त्रीबाट पदमुक्त नहुँदै र बिना राजीनामा मन्त्री निवास छोडिएको हो। रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री, डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रहेका छन्। उनीहरूले मन्त्री निवास छोड्ने घोषणा गरेका छन्।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मन्त्री निवास छोडिसकेको र अन्य तीन मन्त्रीले भोलिसम्म छोड्ने सहरी विकास मन्त्रालय अन्तर्गतको मन्त्री निवास व्यवस्थापन कार्यालयले जनाएको छ। उनीहरूले व्यक्तिगत सामान सार्न सुरु गरिसकेको पनि जानकारी प्राप्त भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेबाहेक अरू मन्त्रीहरूले अत्यावश्यक काम बाहेक मन्त्रालय जान छाडेका छन्। खेलकुद मन्त्री श्रेष्ठले आफूले शुक्रबारदेखि मन्त्रालय नजान थालेको बताएका छन्।

नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ गठबन्धन बनाउन निर्णय गरेपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ। दाहालले २८ असारमा विश्वासको मत लिने निर्णय गरेका छन्। रास्वपाका मन्त्रीहरूले सरकारलाई समर्थन फिर्ता नगरेको भए तापनि मन्त्री निवास खाली गर्न थालेका छन्।

तपाईको प्रतिक्रिया